काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदमा उठाएका विषयमा सरकारले जवाफ नदिएकोमा असन्तुष्टि जनाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद झाले भ्रष्टाचारको विषय पटकपटक उठाउँदा पनि सरकारले जवाफ नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले भने, ‘भ्रष्टाचारको विषय पटक पटक उठाउँछौँ । अपेक्षा राखेर सदनमा उठाउँछौँ । सरकार पक्षले त्यसको जवाफ दिँदैन । अनशन बस अनि जवाफ पाउँछौ भन्न खोजेको हो ?’