संघीय संसदका दुवै सदनको बैठक बस्दै, आज पनि नीति तथा कार्यक्रममाथि छलफल



काठमाडौं । संघीय संसद प्रनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रमले देशको राजनीतिक र आर्थिक समस्या सम्बोधन गर्न नसकेको भन्दै कडा आलोचना गरिरहेका छन् ।


राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुँदैछ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।