शहिद स्मारक लिग : आज तीन खेल हुने



काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगमा आज पनि तीन खेल हुने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ ।


च्यासलस्थित खेल मैदानमा मछिन्द्र फुटबल क्लब र थ्रि स्टार क्लब बिच पहिलो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सोही समयमा दशरथ रंगशालामा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा साँझ ६ बजे दशरथ रंगशालामै एफपी फुटबल क्लब र सातदोवाटो युवा क्लब आमनेसामने हुनेछन् ।