शरणार्थी प्रकरण : फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ



काठमाडौँ ।. नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न अर्की अभियुक्त पक्राउ परेकी छन् । अनुसन्धान अघि बढेदेखि फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

काठमाडौँ प्रहरी परिसरका एसपी सिताराम रिजालका अनुसार महर्जनलाई पक्राउ गरेपछि आजै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ ।महर्जनसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार नै अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित पक्राउ परेका १६ जना र पक्राउ नपरेका १७ जनासहित ३३ जनाविरुद्ध मुद्दा चलाइएको छ।