शरणार्थीका नाममा ठगी प्रकरण : इन्द्रजित राईका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी



काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइदिने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकार ठानिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राईविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

पूर्व गृहमन्त्री राम बहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईका छोरा नीरज विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए । शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले डा. ईन्द्रजित राईलाई मंगलबार नियन्त्रणमा लिएको छ ।