लुम्बिनीमा थपिए तीन मन्त्री, कसलाई कुन मन्त्रालय ?



लुम्बिनी । लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा र जनमतबाट एक–एक जना गरी तीन जना लिएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

कांग्रेसबाट राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनेका छन् ।


त्यस्तै दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।

यससँगै लुम्बिनीमा सात सदस्सीय मन्त्रिपरिषद् भएको छ । नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण बेलुका ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा तय भएको छ ।

यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएका थिए । लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त नै छन् । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जाकारी दिए ।