रुसको बेल्गोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जनाको मृत्यु, ३ घाइते



युक्रेनी सशस्त्र सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।

यस क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले दिएको जानकारी अनुसार एक व्यक्तिको मृत्यु भएको छ, उनी शहरको एक अपरेटिङ इन्टरप्राइजमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बुझिएको छ ।


घाइते हुनेमा दुई किशोर र एक वयस्क रहेको पनि गभर्नरले बताएका छन् । ‘दुई ठूला उद्योगको परिसरमा कैयौं गोला खसेको र आगोलागी भएको थियो । आपतकालीन सेवाहरूले क्षेत्रको निरीक्षण गरिरहेको छ’, गभर्नरले भने। युक्रेनको खार्कोभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ।