काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन फिर्ता लिँदैमा सरकार नढल्ने बताएका छन् । शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् ।
पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने बताएका हुन् । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नहुने भन्ने आएपछि सरकार के हुन्छ त भन्ने जिज्ञासा हुन सक्दछ । यस विषयमा सामान्यतः सरकारलाई सहयोग गरेको पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने हुन्छ । तर, सरकारसँग राष्ट्रिय स्वतन्त्र पार्टी नभएपनि पर्याप्त बहुमत छ ।’
संसदको चौथो ठूलो दल रास्वपाले शुक्रबार सरकारमा नजाने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यससँगै प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिनपर्नुे एकथरीले चर्चा गरिहरँदा उपाध्यक्ष महराले यस्तो बताएका हुन् ।