राष्ट्रियसभामा बजेट टेबुल



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् ।

यसैगरी, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राइले ‘कोभिड–१९’ सङ्कट व्यवस्थापन विधेयक, २०७८’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गरे ।


बैठकले कोभिड–१९’ सङ्कट व्यवस्थापन विधेयक, २०७८’ फिर्ता गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उक्त प्रस्ताव सभासमक्ष पेश गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २१ गते बिहान १ बजेर १ मिनेटमा बस्नेछ ।