

काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल सर्वसम्मत चयन भएकी छन् ।
आइतबारदेखि राजधानीमा जारी महाधिवेशनबाट उपाध्यक्ष, महासचिवसहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै सोमबार सकिएको छ । उपाध्यक्षमा संगीता मल्ल ठकुरी र महासचिवमा कुमारी स्याङ्तान निर्वाचित भएको छन् ।


मनोनीत हुने उपाध्यक्षमा सिजन श्रेष्ठ र सरस्वती श्रेष्ठ, महासचिवमा रञ्जना सेन ठकुरी र चम्पा अधिकारी रहेका छन् । संगठनको महाधिवेशनबाट पारित विधान अनुसार विभिन्न प्रदेशका केन्द्रीय समिति सदस्य निर्वाचित भएका छन् । महाधिवेशनले पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, उत्पीडित, जनजातिबाट सदस्यमा निर्वाचित गरेको छ ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक राजु बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए ।
