काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आज (बुधबार) बाट प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार रिट दर्ता भएको थियो । अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो ।
यसअघि कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनको सांसद् पद खारेज भएको थियो । पुनः नागरिकता लिएर चितवनबाट चुनाव जितेका लामिछानविरूद्ध नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अर्काे सांसद पद खारेजीको माग राखि अर्काे रिट परेको छ ।