युक्रेनको राजधानी किभमा रुसद्वारा ड्रोन आक्रमण



किभ रुसले युक्रेनमा आक्रमण शुरु भएदेखि शनिबार र आइतबारको रातमा युक्रेनी राजधानी किभमा “सबैभन्दा महत्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् ।

विस्फोटक ड्रोनको सङ्ख्या ५४ रहेको युक्रेनको वायुसेनाले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ ।


राजधानीलाई लक्षित गरी गरिएका ४० वटा ड्रोन आक्रमणबाट दुई जनाको ज्यान गएको र तीन जना घाइते भएको बताइएको छ ।