यातायात कार्यालयका उपसचिव भट्टराईविरुद्ध एक करोड १५ लाखको भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार भट्टराईविरुद्ध विशेष अदालतमा एक करोड १५ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति र स्रोत खुलेको सम्पत्तिसमेत आफ्नी पत्नी मुना अधिकारी भट्टराई एवं छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको हुँदा उनीहरुको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ ।