महिला टि २० क्रिकेटमा नेपाल आज मलेसियासँग भिँडदै



काठमाडौं । दोस्रो महिला टि-२० आई खेलमा आज घरेलु टोली मलेसियासँग नेपालले खेल्दैछ । 

नेपाली समय अनुसार बिहान ८ : ४५ मा बांगीमा  सो खेल सुरु  हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा मलेसिया  नेपाल भन्दा १-० ले अघि रहेको छ । पहिलो खेलमा ५० रन मै अल आउट हुँदै नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो । महिला टि २० आईमा नेपालको मलेसियासँग यो पहिलो हार थियो । 


नेपाल पहिलो खेलको गल्ती सुधार गर्दै दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्न चाहेको कप्तान रुबिना क्षेत्रीले जनाएकी छिन् ।