महानगर भित्रका अव्यवस्थित तार हटाउन सुरु



काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।

आइतबार बसेको काठमाडौँ महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले आजदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजदेखि सुरु गरिन लागिएको हो ।


जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजदेखि हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।