काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।
आज बेलुका ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।
यस्तै, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा पनि निर्णयहरु गरेको छ । प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ ।