खोटाङ । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राईलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत खोटाङले अुनमति दिएको छ ।
राईविरुद्ध बाल यौनदुरुपयोग कसुरमा अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले बताए । फाउन्डेसनमा ७ वर्षदेखि बस्दै आएकी १६ वर्षीया एक किशोरीले यौन दुव्र्यवहारको अभियोगमा राईविरुद्ध गत शुक्रबार जाहेरी दिएकी थिइन् । त्यही दिन राईलाई खोटाङ प्रहरीले पक्राउ गरेको थियो ।
शनिबार सार्वजनिक बिदा भएकाले राईलाई आइतबार अदालतमा उपस्थित गराई म्याद थप गरिएको जिल्ला प्रहरी खोटाङले जनाएको छ । अहिले ७५ वर्षी राई जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । जाहेरी दिने किशोरीले फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग छ्ुन लगाएको लगायत आरोप लगाएकी छन् ।
यसअघि फाउन्डेसनमा राखिएका बालबालिकालाई राईले यौन दुव्र्यवहार गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।