भ्रष्टाचारविरुद्ध नेकपा एसले आज देशभर प्रदर्शन गर्ने 



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब दिने भन्दै नेकपा एकीकृत समाजवादीले आज प्रदर्शन गर्न लागेको छ।

आज दिउँसो १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको सो पार्टीका नेता विजय पौडेलले जानकारी दिएका छन् ।


‘जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष हार्दिक अनुरोध गर्दछौ ।’ पौडेलले भनेका छन्।

उनका अनुसार हिजो माइतीघर मण्डलामा पनि पार्टीका भातृ संगठनले प्रदर्शन गरेका थिए ।