भ्रष्टाचारको विरोधमा आज राप्रपाले प्रदर्शन गर्ने



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचारको विरोधमा आज प्रदर्शन गर्ने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको हो ।


राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार वसन्तपुरमा दिउँसो १ बजे प्रदर्शन गरिनेछ ।