भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाउन् : एमाले नेता रिमाल



काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन  नहुने बताएका छन ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते गर्ने कार्यमा एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न रहेको खबर बाहिर आएको बेला रिमालले यस्तो टिप्पणी गरेका हुन् ।


‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानूनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न । निर्दोष नफसुन, कोही दोषी नउम्किउन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ । यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न । कानूनको पालना सबैले गर्नुपर्छ ।’