काठमाडौँ । काठमाडौंबाट बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं फर्किएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार शनिबार दिउँसो पौने दुई बजे काठमाडौंबाट बेंग्लोरका लागि उडेको निगमको जहाज काठमाडौं नै फर्किएको हो । जहाजमा चरा ठोक्किएको अनुमान गरिएपनि धावनमार्गमा चरा नभेटिएको बताइएको छ ।