बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल 



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ।

तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक राजनीतिक विषयमा कुराकानी हुने बताइएको छ । संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको थियो । त्यसको भोलिपल्ट शीर्ष नेताहरू संवादमा जुटेका हुन् ।