बारको आन्दोलन आज पाँचौँ दिनमा पनि जारी रहने



काठमाडौँ । नेपाल बार एशोसिएनको आन्दोलन आज पाँचौँ दिन पनि जारी रहने भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिलगायतको माग गर्दै गत आइतबारदेखी आन्दोलन जारी छ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहीन हुँदै आएको छ। कायममुकायमबाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायधीश हुँदा कामसमेत प्रभावित भएका छन् भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन।