फिनल्यान्डकी प्रधानमन्त्री मरिनले दिइन् सबन्ध विच्छेद्यका लागि निवेदन



फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले सबन्ध विच्छेद्यका लागि निवेदन दिएकी छन् ।

श्रीमान् मार्कस राइकोनेनसँगको १९ वर्षको सबन्धलाई तोड्दै प्रधानमन्त्री मारिनले सबन्ध विच्छेद्यका लागि निवेदन दिएको जनाएकी छन् । उनले सो जानकारी आफ्नो इन्स्टाग्रामबाट दिएकी हुन् ।


‘हामीले सँगै सम्बन्धविच्छेद्यका लागि निवेदन दिएका छौँ । हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौँ,’ मारिनले लेखेकी छन्, ‘हामी अझै पनि मिल्ने साथी हौं, एकअर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौं। हामी परिवारको रूपमा र एकअर्कासँग अबको समय बिताउन चाहन्छौँ ।’

उनीहरुका पाँच वर्षकी छोरी छन् । सीएनएनका अनुसार उनी संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्रीको रूपमा गत २०१९ मा निर्वाचित भएकी थिइन् । तर, यसपटक भएको आमनिर्वाचन परिणाम उनको पार्टीको पक्षमा नआए पछि उनी स्वतः सरकारबाट बाहिरिँदै छन् ।