फरार टोपबहादुरले संसद्लाई पठाए बिरामी भएको पत्र



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद् सचिवालयलाई पत्र पठाएका छन् । 

स्रोतको अनुसार आफू बिरामी भएर उपचाररत रहेको भन्दै उनले इमेलमार्फत सचिवालयलाई पत्र पठाएका हुन् । गत बुधबार पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका छन् । 


उनलाई आजै नेकपा एमालेले पार्टीबाट निलम्बन पनि गरेको छ । यो प्रकरणको अनुसन्धान नसकिएसम्म एमालेको जिम्मेवारीबाट रायमाझीलाई निलम्बन गरिएको जानकारी महासचिव शंकर पोखरेलले दिएका छन् । 

टोपबहादुर मंसिर ४ को निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।