प्राविधिक समस्या देखिएपछि भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज फर्कियो



काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको स्रोतले बताएको छ ।

भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९:४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको हो । यात्रुहरू जहाजभित्रै छन् ।


चालक दलका सदस्यहरूले उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्किएको बताएका छन् ।