प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा ५ जना मन्त्री सहभागी हुने



काठमाडौँ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको बैठकले जेष्ठ १७ देखि २० गतेसम्म हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।


बैठकले प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने टोलीको समेत स्वीकृत गरेको उनले बताए । प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्रसहित पाँच मन्त्रीले भाग लिने शर्माले जानकारी दिइन् ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।