प्रतिनिधिसभा बैठक जारी, नियम निलम्बन प्रस्ताव पारित



काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहान ११ बजे डाकिए पनि दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो । बैठकमा नियम निलम्बनको प्रस्ताव पेस गरिएको छ । 

बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ । सोहीसँग सम्बन्धित नियम निलम्बनसम्बन्धी प्रस्ताव पेस गरिएको हो । 


कांग्रेसका रमेश लेखकले पेस गरेको नियम निलम्बनको प्रस्तावलाई एमालेका महेश बर्तौला र रास्पवाका सन्तोष परियारले समर्थन जनाएका छन् । उक्त प्रस्तावमा प्रधानमन्त्रीसँग बढीमा १५ जनाले प्रश्नोत्तर गर्ने पाउनेछन् । सो प्रस्ताव बैठकले पारित  गरेको छ ।