प्रतिनिधिसभामा विद्युतीय हाजिरीको व्यवस्था गरिने



काठमाडौँ ।  प्रतिनिधिसभामा सांसदहरूले विद्युतीय माध्यमबाट हाजिरी गर्नुपर्ने भएको छ ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभामा सांसदहरूले विद्युतीय हाजिरी गर्नुपर्ने निर्णय गरेको हो ।


यही अधिवेशनबाट यस्तो व्यवस्था गर्न लागिएको छ । सभामुख देवराज घिमिरेका अनुसार सांसदहरूको हाजिरी वेबसाइटमार्फत सोही दिन सार्वजनिक हुनेछ ।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा सांसदहरू उपस्थित/अनुपस्थित रहेकोबारे अन्यौल हुने र कोरम समेत नपुग्ने लगायतका समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि यस्ता समस्या हट्ने अपेक्षा गरिएको छ ।