काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।
आजै यसअघिको बैठकमा अर्थमन्त्री डा महतले आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गरेका थिए । साथै, बैठकमा उनले बजेटको प्रति टेबल गरेका हुन् ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजे बस्नेछ ।