प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य घटेको छ।

नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको हो। गत साताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म जारी रहेको छ।


आज आइतबार तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेर  छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँ कायम थियो।

आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा भइरहेको छ।