प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वाग्ले निर्वाचित 



काठमाडौँ । प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।

राजधानीमा बुधबारदेखि सुरु भएको समाजको १२औँ महाधिवेशन तथा २५औँ साधारणसभाले ३६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक डा मधुसुदन पुनले घोषणा गरेका हुन् ।


वरिष्ठ उपाध्यक्षद्वयमा ईश्वरराज लौडारी र गोकर्ण अर्याल निर्वाचित  भएका छन् । यसैगरी उपाध्यक्षमा कृष्ण केसी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।  

कोशी प्रदेश उपाध्यक्षमा जीवनकुमार राई, मधेश प्रदेश उपाध्यक्षमा रामनारायण देव, वाग्मती प्रदेश उपाध्यक्षमा भरतप्रसाद दवाडी, गण्डकी प्रदेश उपाध्यक्षमा जीवलाल काफ्ले, लुम्बिनी प्रदेश उपाध्यक्षमा शंकरदिवस मजगैयाँ, कर्णाली प्रदेश उपाध्यक्षमा ध्रुवबहादुर मल्ल र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा सुरेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् ।

 यसैगरी महिला उपाध्यक्षद्वयमा अनार बस्नेत र मेनका राजभण्डारी श्रेष्ठ निर्वाचित भएका छन् । समाजको महासचिवमा डा वासुदेव भण्डारी, कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ, उपमहासचिवमा सिभी मल्ल र सचिवमा प्रा डा अक्कलदेव मिश्र निर्वाचित भएको संयोजक पुनले जानकारी दिए ।

 यसैगरी १९ केन्द्रीय सदस्य पनि महाधिवेशनले निर्वाचित गरेको छ ।