प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बाढी र पहिरोका कारण १ सय जनाभन्दा धेरैको मृत्यु



अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोको किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा धेरैको मृत्यु भएको छ ।

क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि सोबारे जानकारी दिएका हुन् ।


उनले नजिकैको किभु तालको किनारबाट शव सङ्कलन भइरहेको पनि बताएका छन् । बिहीबार साँझबाट सुरु भएको भारी वर्षापछि दुईवटा नदीले आफ्नो किनार तोडेर विनाश मच्चाएका छन् ।

त्यसैगरी पहिरोले सयौं घरहरू ध्वस्त भएका छन् । विपत्तिका कारण ठूलो धनजनको क्षति पनि भएको बताइएको छ ।

न्यामुकुबी गाउँका ७५ प्रतिशतभन्दा बढी घरहरू बाढीले बगाएको स्थानीय बासिन्दाको भनाइ छ ।