प्रचण्ड सरकारले पायो पूर्णता, १ मन्त्री र राज्यमन्त्री नियुक्त



काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारको पूर्णता पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका नेता वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री नियुक्त गरेका छन् ।

त्यस्तै प्रधानमन्त्रीको सिफारिसमा जसपाकै प्रमिला कुमारीलाई राष्ट्रपति पौडेलले शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै सरकारले पूर्णता पाएको हो । उनीहरुको शपथ भोलि हुने बताइएको छ ।