इजरायल । प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)का वरिष्ठ राजनीतिक नेता खादर अदनानको ८६ दिनको भोक हडतालपछि इजरायलको जेलमा मृत्यु भएको छ ।
इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको मंगलबार निधन भएको इजरायलको जेल सेवाले जानकारी दिएको छ ।
उनलाई बेहोस अवस्थामा पाइएको र उपचारका लागि तेल अवीवमा रहेको अस्पताल पुर्याए पनि बचाउन नसकिएको जेल सेवालाई उद्धृत गरी द टाइम्स अफ इजरायलले जनाएको छ ।
नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।
त्यसैले अदनानले इजरायली सुरक्षा बलले गिरफ्तार गरेपछि अनशन सुरु गरेका थिए । उनले जेलमा रहेका बेला सबै उपचार गर्न अस्वीकार गरेका थिए ।
जेलमा रहेर स्वास्थ्य परीक्षण वा उपचार गराउन अस्वीकार गरेका थिए । प्यालेस्टाइनले जेलमा रहेकै अवस्थामा अदनानको ज्यान गएको विषयलाई छानबिन गर्न माग गरेको छ ।