पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ 



काठमाडाैँ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।

पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिएका छन्।


भूटानी शरणार्थी प्रकरणमा  अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।

यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् । 

खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।