काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाएको घटनामा मुछिएसँगै जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि आज पक्राउ पुर्जी जारी भएको छ ।