पश्चिमी वायुको प्रभावले वर्षा



काठमाडौं । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौंसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ ।


‘पश्चिमी वायुको प्रभावले काठमाडौंमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा छिटफुट वर्षाको सम्भावना छ’, महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने ।

काठमाडौंमा आज बिहानैदेखि आंशिक बदली रहनुका साथै भर्खरै छिटफुट वर्षासमेत भएको छ । उपत्यकामा खण्डित रुपमा वर्षा भएको माशाखाले जनाएको छ ।