नीति तथा कार्यक्रमलाई छक्का हानेर ‘रिङ आउट’ गर्नुपर्छ : ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समर्थन जनाउन नसकिने बताएका छन् ।

आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भाग लिँदै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनता र देशको समस्या समाधान गर्न समक्ष नहुने भन्दै समर्थन जनाउन नसकिने बताए ।


नीति तथा कार्यक्रममा समर्थन नजनाउन अन्य दलका सांसदहरुलाई आग्रह गर्दै उनले यसलाई फिर्ता लगेर जनता र देशको समस्या समाधान गर्न र आवश्यकता पूरा गर्नेगरी अर्काे बनाएर ल्याउन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे । अन्यथा छक्का हानेर रिङ आउट गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने,‘म सबैलाई आग्रह गर्न चाहन्छु, यसलाई कुनै हालतमा समर्थन गर्न हुँदैन, समर्थन नगरौँ । पहिलो कुरा सम्मानीय प्रधानमन्त्रीज्यूले फिर्ता लिनुस् । फिर्ता लिनुहुन्न भने यसलाई छक्का हानेर रिङ आउट गर्नुपर्छ ।’