काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निशा डाँगीलाई पार्टीको सचेतक चयन गरेको छ ।
सोमबार काठमाडौंमा बसेको पार्टी संसदीय दलको बैठकले कान्छी सांसद् डाँगीलाई सचेतक चयन गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि विधेयक अध्ययन समिति, समसामयिकलगायतका समितिहरू पनि गठन गरेको छ ।