नागरिकता विधेयक खारेजीको माग गर्दै युवा संघद्वारा नयाँबानेश्वरमा विरोध प्रदर्शन 



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गर्दै युवा संघले नागरिकता विधेयक खारेज गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै पुत्ला दहन गरेका छन् ।


उनीहरूले देश बेच्न पाइदैन, नागरिकता विधेयक खारेज गर, विदेशी दलालहरू होसियार लगायतका नारावाजी गरेका थिए ।

त्यस्तै युवा संघले नेपाली भूमि समेटिएको नक्सा भारतीय संसद्‌मा राखेको भन्दै चर्का नारावाजी गरेका थिए ।