काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु जायज भएको बताएका छन् । बुधबार सामाजिक संजालमार्फत भट्टराईले यसको विरोध गर्नुको औचित्य नभएको बताएका हुन् ।
उनले भनेका छन् ‘ढिलै भए पनि राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु र जायज नागरिकताको अधिकारबाट वन्चित लाखौं युवाहरूले आफ्नो सुन्दर भविष्यको ढोका खोल्न पाउनु स्वागतयोग्य कुरा हो । नागरिकता जस्तो नैसर्गिक अधिकारको विषयलाई कुनै जाति, धर्म, लिंगसँग जोडेर आफूलाई मात्र देशभक्त र अरूलाई राष्ट्रिघाती भन्ने पाखण्डी हर्कत कसैले नगरून् ! जुनसुकै जाति/धर्म/लिंगको व्यक्ति देशभक्त वा राष्ट्रघाती हुनसक्छ तर पूरै जाति वा समूह हैन !’