काठमाडौँ । सांसद अमरेशकुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले उखु किसानको समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले नगदेबाली उखुलाई सरकारले उधारो बाली बनाइदिएको समेत बताएका छन् । उनले भने,’नगदे बाली भनिएको उखुलाई सरकारले उधारो बाली बनाइदियो, किसानले भुक्तानी पाएका छैनन् । धान बाली लगाउने बेला भएको छ, पैसा छैन मल, बिउ कसरी किन्ने ?’