काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तीन जनाको आज पनि बयान जारी छ । मंगलबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जनाको बयान भइरहेको हो ।
यसअघि सोमाबार बयान लिने तयारी गरिएको थियो । तर, सोमबार सार्वजनिक बिदा भएकाले बयान भएको थिएन ।
आज इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान भइरहेको सूचना अधिकारी अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
राई पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ थिए । केसी पूर्वगृहमन्त्री बालकृष्ण खाणका पिए थिए । यसअघि इजलासले पाँच जनाको बयान लिइसकेको छ । प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ ।