नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा प्रतिवादीको बयान सुरु



काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । 

शुक्रवारदेखि काठमाडौँ जिल्ला अदालतमा बयान लिन शुरु भएको हो । आज पहिलो दिन केशव दुलाल र सागर राईको बयान हुने बताइएको छ । 


नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको हो । 

प्रतिवादीमध्ये १६ जना पक्राउ परेका छन् । उनीहरूको बयान शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा सुरु भएको हो ।