दक्षिण कोरियामा उद्दण्ड यात्रीले अवतरण गर्नै लागेको विमानको ढोका खोलेपछि खैलाबैला



सोल । दक्षिण कोरियामा एक जना यात्रीले अवतरणको तयारीमा रहेको विमानको आपत्कालीन ढोका खोलेपछि खैलाबैला मच्चिएको छ ।

राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित डेगु विमानस्थलमा अवतरणको तयारीमा रहेको एशियाना एयरलाइन्सको विमानको आपत्कालीन द्वार एक जना उद्दण्ड यात्रीले जबरजस्ती खोलेका विमान कम्पनीले बताएको छ ।


उनले धावनमार्गबाट दुई सय मिटरको उचाइमा विमान रहेका बेला ढोका खोल्दा यात्रीलाई सास फेर्न गाह्रो भएको थियो । यद्यपि विमान सुरक्षित रुपमा अवतरण भएको जनाइएको छ ।

विमान कम्पनीका अनुसार सास फेर्न गाह्रो भएका ती यात्रीलाई अस्पताल भर्ना गरिएको छ । मध्यआकाशमा विमानको आपत्कालीन द्वार खोल्ने ती यात्रीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको छ ।