थप २१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमित थपिएका छन् ।

एक हजार १०३ वटा नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज २४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


योसँगै सक्रिय संक्रमितको संख्या १०० पुगेको छ । आजसम्म १० जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये एकजना आइसीयु एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।