

काठमाडौं । नेपाल सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै बजेटमार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशालाका रूपमा विकास गर्दै थप चारवटा रङ्गशाला निर्माण गर्ने बताए ।


बजेटमा विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमशेर क्रिकेट रङ्गशाला निर्माण गरिने उल्लेख छ ।
