

ताप्लेजुङ । ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिए ।


सवारी चालक फुङलिङ–६ का कृष्णमान गुरुङ भने घाइते भएका छन् । उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी प्रमुख गुरुङले बताए ।
दुर्घटनामा घाइते भएका अंशुमानलाई जिल्ला अस्पताल पुर्याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । गाडी अनियन्त्रित भई पल्टिएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
