डिजेल र मट्टीतेलको मूल्य १०-१० रुपैयाँ घट्यो 



काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार बसेको निगम संचालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

यससँगै डिजेल र मट्टितेलको नयाँ मूल्य १५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि निगमले मंगलबा मध्यरातिदेखि लागू हुनेगरी मूल्य घटाएको हो । पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।